१ शमूएल 14:34 - पवित्र बाइबल34 फेरि शाऊलले भने, “मानिसहरूलाई गएर भन कि प्रत्येक मानिसले साँढे र भेंडा लिएर मकहाँ आओस्। यहाँ तिनीहरूले आफ्ना साँढे र भेंडा मार्नुपर्छ। परमप्रभु विरूद्ध पाप काम नगर! रगतै समेतको मासु नखाओ।” त्यस रात प्रत्येकले आ-आफ्नो पशुहरू ल्याएर त्यहाँ मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 उनले फेरि भने, “मानिसहरूका माझमा गएर भन, तिमीहरूले आफ्ना गाईबस्तु र भेड़ा यहाँ ल्याओ र मारेर खाओ, र यसरी तिमीहरूले मासु रगतसमेत खाएर परमप्रभुको विरुद्धमा पाप नगर।” यसकारण रात परेपछि हरेक मानिस आ-आफ्नो गोरु धपाउँदै आयो, र त्यो त्यहीँ नै मार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यसपछि उनले अर्को एउटा आज्ञा दिए, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन कि सबैले आ-आफ्ना गाई-गोरु र भेडाहरू यहाँ लिएर आऊन्। ती मारेर तिनीहरूले यहाँ खाऊन्। रगतैसँग मासु खाएर तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गर्नुहुन्न।” यसकारण त्यस रात सबैले आफ्ना गाईवस्तु त्यहाँ ल्याएर मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 त्यसपछि शाऊलले भने, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन, ‘तिमीहरू हरेकले आफ्ना गाईबस्तु र भेडाबाख्राहरू मकहाँ ल्याओ। अनि तिनीहरूलाई यहाँ मारेर खाओ। तर रगतसमेतको मासु खाएर याहवेहको विरुद्धमा पाप नगर।’ ” यसकारण हरेकले त्यस रात आफ्नो गोरु ल्याएर त्यहाँ मारे। Viz kapitola |