Online Bible

- Reklamy -




१ शमूएल 14:27 - पवित्र बाइबल

27 तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरजस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तर आफ्‍ना पिताले मानिसहरूलाई शपथ खान लाएर एकदम मनाही गरेका जोनाथनले सुनेकै थिएनन्‌। तिनले आफ्‍नो हातमा भएको लट्ठी पसारेर त्‍यसको टुप्‍पाले चाकामा घोचे। तिनले आफ्‍नो मुखमा हात उठाए, र तिनमा स्‍फूर्ति आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तर आफ्‍ना बुबाले सराप दिएर प्रजालाई डर देखाएका कुरा जोनाथनले सुनेका थिएनन् र तिनले आफूले बोकेको लौरो चाकामा पुर्‍याएर महमा डुबाए र केही मह खाए। तुरुन्‍तै तिनलाई शरीरमा बल आएको थाहा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तर जोनाथनले चाहिँ तिनका पिताले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन्। यसकारण तिनले आफ्नो हातमा भएको लहुरोको टुप्पो महको चाकामा डुबाए। तिनले लहुरोमा मह लिएर खाए; र तिनको आँखामा चमक आयो।

Viz kapitola kopírovat




१ शमूएल 14:27

Následuj nás:

Reklamy


Reklamy