१ शमूएल 13:4 - पवित्र बाइबल4 सबै इस्राएलीहरूले यो खबर सुने। तिनीहरूले भने, “शाऊलले पलिश्तीका अगुवाहरूलाई मारे। अब भने पलिश्तीहरूले साँच्चै इस्राएलीहरूलाई घृणा गर्नेछन्।” इस्राएलीहरूलाई शाऊलसँग भेट्नका निम्ति गिलगालमा बोलाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैले “शाऊलले पलिश्ती चौकीमाथि आक्रमण गरेछन्, र अब पलिश्तीहरूले इस्राएललाई घृणा गर्छन्” भनी सारा इस्राएलीहरूले सुने। तब उनको आह्वानलाई सुनेर तिनीहरू गिलगालमा शाऊलकहाँ भेला भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 शाऊलले पलिश्ती सेनापतिलाई मारे र पलिश्तीहरूले उनलाई घृणा गर्छन् भनी सबै इस्राएलीहरूलाई भनियो। यसकारण शाऊलसित गिलगालमा भेट्ने बोलावटलाई मानिसहरूले सुनेर त्यहीअनुसार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण सबै इस्राएलले यस्तो खबर सुने; “शाऊलले पलिश्तीहरूका चौकीमाथि आक्रमण गरेका छन्, र घृणित शत्रु भएका छन्।” तब मानिसहरूलाई शाऊलको सामु गिलगालमा भेला हुन बोलाइयो। Viz kapitola |