१ शमूएल 12:8 - पवित्र बाइबल8 “याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकराइ गरे। परमप्रभुले मोशा र हारूनलाई पठाउनु भयो। मोशा र हारूनले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बस्ने व्यवस्था मिलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “याकूब मिश्रदेशमा प्रवेश गरेपछि तिनले सहायताको निम्ति परमप्रभुलाई पुकारे, अनि उहाँले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याए, र यस ठाउँमा बसाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जब याकूब र तिनका परिवार मिश्रमा गए र मिश्रीहरूले तिनीहरूलाई सताए, तिम्रा पुर्खाहरूले मद्दतको निम्ति परमप्रभुलाई पुकारे र उहाँले मोशा र हारूनलाई पठाउनुभयो। ती दुईले तिमीहरूलाई मिश्रबाट निकाली ल्याए र यस देशमा बसाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “याकोब इजिप्टमा प्रवेश गरेपछि तिनीहरूले सहायताका निम्ति याहवेहसँग पुकार गरे। अनि याहवेहले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर यहाँ बसोबास गराए। Viz kapitola |