१ शमूएल 12:17 - पवित्र बाइबल17 यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अहिले गहूँको कटनीको समय छ, होइन? म परमप्रभुलाई पुकार्नेछु, अनि उहाँले गर्जन र वृष्टि पठाउनुहुनेछ। तब तिमीहरूले देख्नेछौ र जान्नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्टिमा कस्तो खराबी गरेका रहेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अहिले गहुँ कटनीको समय छ, होइन त? तर म प्रार्थना गर्नेछु र परमप्रभुले मेघको गर्जन र वृष्टि पठाउनुहुनेछ। जब त्यस्तो हुन्छ, तब थाहा पाउनेछौ कि परमप्रभुलाई राजा माग्दा तिमीहरूले उहाँको विरुद्धमा कति ठूलो पाप गरेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 के अहिले गहुँको कटनीको समय होइन र? गर्जनसहितको झरी पठाउनुहोस् भनी म याहवेहसँग पुकार गर्नेछु। अनि तिमीहरूले राजा मागेर याहवेहको दृष्टिमा कति ठूलो दुष्ट काम गरेका रहेछौ भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ।” Viz kapitola |