१ शमूएल 12:10 - पवित्र बाइबल10 तर तिमीहरूका पिता-पुर्खाहरूले रूँदै परमप्रभुलाई सहायता मागे। तिनीहरूले भने, ‘हामीले पाप गर्यौ। हामीले परमप्रभुलाई छाडेर झूटो देवता बाल र देवी अश्तारोतको सेवा गर्यौ। अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, हामी तपाईंका सेवक बन्नेछौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूका पिता-पुर्खाहरूले सहायताको निम्ति यसो भनेर परमप्रभुलाई पुकारे, ‘हामीले पाप गर्यौं। हामीले परमप्रभुलाई त्याग्यौं, अनि बाल देवता र अश्तोरेत देवताहरूलाई पुज्यौं। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब तिनीहरूले मद्दतको लागि परमप्रभुलाई पुकार्दै भने, “परमप्रभु! हामीले पाप गर्यौं किनभने हामी तपाईंबाट तर्किगयौं र बाल र अश्तोरेतका मूर्तिहरू पुज्यौं। हाम्रा शत्रुका हातबाट हामीलाई बचाउनुहोस् र हामी तपाईंलाई पुज्नेछौं!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले याहवेहलाई पुकारेर भने, ‘हामीले पाप गरेका छौँ। हामीले याहवेहलाई त्यागेर बालका र अश्तोरेतका मूर्तिहरूलाई आराधना गर्यौँ। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्। अनि हामी तपाईंको आराधना गर्नेछौँ।’ Viz kapitola |