१ शमूएल 11:7 - पवित्र बाइबल7 शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यसो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ!” परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पस्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब उनले एक जोड़ा गोरु लिएर ती टुक्रा-टुक्रा गरी काटे, र समाचार दिने मानिसहरूलाई ती टुक्रा दिएर इस्राएलका सबैतिर यसो भनी पठाए, “जो मानिस युद्धको निम्ति शाऊल र शमूएलको पछि आउँदैन त्यसका गोरुहरूको पनि यही दशा हुनेछ।” तब मानिसहरूमा परमप्रभुको भय छायो, र तिनीहरू एउटै मानिसजस्ता भई निस्केर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनले दुई वटा गोरुहरू लिएर टुक्रा-टुक्रा गरी काटे र ती टुक्रा लिएर दूतहरूलाई सारा इस्राएल देशमा यस्तो चेतावनी दिएर पठाए, “जोजो शमूएल र शाऊलका पछि लडाइँमा जाँदैनन्, तिनीहरूको दशा पनि गोरुहरूको जस्तै हुनेछ!” परमप्रभुले इस्राएलका प्रजालाई के गर्नुहुने होला नि भन्ने डर भयो र तिनीहरू सबै जना एक साथ भेला भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले एक हल गोरु लिए, र तिनलाई टुक्रा-टुक्रा पारे, र दूतहरूसँग ती टुक्राहरू इस्राएलभरि पठाए, र यसरी घोषणा गरे, “शाऊल र शमूएलका पछि नलाग्ने हरेक मानिसहरूका गोरुहरूको दशा यस्तै हुनेछ।” तब याहवेहको आतङ्क मानिसहरूमा छायो; र तिनीहरू एक भएर निस्के। Viz kapitola |