१ शमूएल 11:5 - पवित्र बाइबल5 शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अघि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूलाई के कष्ट भयो? किन रोइरहेकाछन्।” मानिसहरूलाई याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसै बेला शाऊल खेतबाट गोरु धपाउँदै आइरहेका थिए, र “मानिसहरूलाई के भयो? किन विलाप गरिरहेका छन्?” भनी उनले सोधे। अनि याबेश-गिलादका मानिसहरूले भनेका कुरा तिनीहरूले दोहोर्याएर उनलाई भनिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 शाऊल आफ्नो खेतबाट गोरुहरू लिएर भर्खर घर आउन लागेका थिए। तिनले सोधे, “के भयो? किन सबै जना रोइरहेका छन्?” याबेशबाट आएका दूतहरूले भनेका खबर तिनीहरूले शाऊललाई सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसै बेला शाऊलचाहिँ आफ्नो खेतबाट आफ्ना गोरुहरूका पछि-पछि आइरहेका थिए, र तिनले सोधे, “सबै मानिसहरूलाई के भयो? यिनीहरू किन रोइरहेका छन्?” तब तिनीहरूले याबेशका मानिसहरूले भनेका कुरा तिनलाई दोहोर्याएर भनिदिए। Viz kapitola |