१ शमूएल 11:11 - पवित्र बाइबल11 भोलिपल्ट शाऊलले आफ्ना सैनिकहरूलाई तीन खण्डमा बाँडे। सूर्योदयको समयपछि शाऊल र तिनका सैनिकहरू अम्मोनीहरूको छाउनी भित्र पसे। जब शाऊलले आक्रमण गरे यो रातमा बस्ने रक्षक दलको अदला-बदली गर्ने समय थियो, शाऊल र तिनका सैनिकहरूले अम्मोनीहरूलाई मध्याह्र भन्दा पहिले नै हराए। सबै अम्मोनी सैनिकहरू तितर-वितर भए। दुइजना अम्मोनी सैनिक एकसाथ हुने मौका कतै पाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूका तीन दल बनाए। बिहानीपख तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे र मध्याह्नसम्म उनीहरूको संहार गरे। त्यसपछि बाँचेकाहरू दुई जना एकसाथ नहुने गरी तितरबितर भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 भोलिपल्ट बिहानै शाऊलले आफ्ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए र मिर्मिरे उज्यालो हुँदा तिनीहरूले शत्रुका छाउनीमा दगुरेर गई अम्मोनीहरूमाथि हमला गरे। मध्यदिनसम्म तिनीहरूको संहार गरे। बाँचेकाहरू जति छरपष्ट भएर भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए; रातको अन्तिम पहरमा तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे, र मध्यदिनसम्म नै तिनीहरूलाई मारे। बाँचेकाहरू यसरी तितरबितर भए कि, ती भाग्नेहरू दुई जना एकसाथ भेट हुनै सकेनन्। Viz kapitola |