Online Bible

- Reklamy -




१ शमूएल 10:5 - पवित्र बाइबल

5 त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “यसपछि तपाईं परमेश्‍वरको गिबा जानुहुनेछ, जहाँ पलिश्‍तीहरूको चौकी छ। जसै तपाईं सहरको नजिक पुग्‍नु हुनेछ, तपाईंले डाँड़ाको थानबाट ओर्लिरहेका अगमवक्ताहरूको एक दल अगिअगि खैँजड़ी, बाँसुरी र वीणा बजाउँदैआइरहेको भेट्टाउनुहुनेछ, अनि तिनीहरूले अगमवाणी बोलीरहेका हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि तिमीहरू गिबामा परमेश्‍वरको डाँडामा जानू, जहाँ एउटा पलिश्‍ती छाउनी छ। सहरको ढोकामा तिमीहरूले एक हुल अगमवक्ताहरूलाई वीणा, खैँजडी, बाँसुरी र सारङ्गी बजाएर डाँडाको वेदीबाट ओर्लंदै गरेका र अगमवाणी बोलिरहेका हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “त्यसपछि पलिश्तीहरूको चौकी भएको परमेश्‍वरको गेबामा तिमी जानू। जब सहर पुग्नेछौ, तब तिमीले सारङ्गी, खैँजडी, बाँसुरी र वीणा बजाउनेहरूका पछि अगमवाणी गर्दै अल्गा देवस्थानबाट आइरहेका अगमवक्ताहरूको एक दललाई भेट्टाउनेछौ।

Viz kapitola kopírovat




१ शमूएल 10:5

Následuj nás:

Reklamy


Reklamy