१ शमूएल 1:24 - पवित्र बाइबल24 जब नानी ठूलो भयो अनि ठोस भोजन खान थाल्यो हन्नाले नानीलाई परमप्रभुको मन्दिर शीलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन बर्षको साँढे, चार पाथी पीठो र एक मसक दाखरस पनि लिएर गइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 जब तिनले दूध छोड़ाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा तीन वर्षे साँढ़े, पाँच पाथी पीठो र एक मशक दाखमद्य लिएर त्यो बालक सानै भए तापनि त्यसलाई शीलोमा परमप्रभुको भवनमा ल्याइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बालकलाई दूध छुटाएपछि तिनले शीलोमा लगिन्। साथै तिनले एउटा तीन वर्षको साँढे, दश किलोग्राम पीठो र मद्यले भरिएको एउटा छालाको मशक पनि लगिन्। सानो शमूएललाई तिनले परमप्रभुको भवन शीलोमा लगिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 बालकले दूध छोडेपछि तिनले आफ्नो बालक र त्यसको साथसाथै एउटा तीन बर्से साँढे अनि एक एपा पिठो र एक मसक दाखमद्य साथमा लिएर याहवेहको भवन शीलोमा ल्याइन्। Viz kapitola |