Online Bible

- Reklamy -




१ शमूएल 1:11 - पवित्र बाइबल

11 तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुन्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हन्‍नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान्‌ परमप्रभु, यदि तपाईंले मेरो दु:ख बुझेर ममाथि कृपा-दृष्‍टि गर्नुभयो र मलाई सम्‍झनुभयो, अनि यदि तपाईंले मलाई भुल्‍नुभएन, र एउटा बालक दिनुभयो भने, म त्‍यस बालकलाई त्‍यसको जीवनपर्यन्‍त परमप्रभुमा समर्पण गर्नेछु, र त्‍यसको कपालमा कहिल्‍यै छुरा लाग्‍नेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हन्‍नाहले एउटा गम्‍भीर प्रतिज्ञा गरिन्, “हे सर्वशक्तिमान् परमप्रभु! म तपाईंकी दासीप्रति निगाह गर्नुहोस्। मेरो कष्‍ट हेर्नुहोस् र सम्‍झना गर्नुहोस्। मलाई नभुल्‍नुहोस्। तपाईंले मलाई एउटा छोरा दिनुभयो भने म प्रतिज्ञा गर्दछु कि म त्‍यसलाई त्‍यसको जीवनभरि तपाईंलाई अर्पण गर्नेछु र त्‍यसको केश कहिल्‍यै काटिनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि तिनले यसो भन्दै भाकल गरिन्, “हे सेनाहरूका याहवेह, यदि तपाईंले आफ्नी सेविकाको वेदना देखेर मलाई सम्झनुभयो; र तपाईंकी सेविकालाई नबिर्सी एउटा छोरा दिनुभयो भने म त्यसलाई त्यसको जीवनभरि याहवेहकहाँ अर्पण गर्नेछु, र त्यसको शिरमा कहिल्यै छुरा लाग्नेछैन।”

Viz kapitola kopírovat




१ शमूएल 1:11

Následuj nás:

Reklamy


Reklamy