Online Bible

- Reklamy -




१ पत्रुस 5:10 - पवित्र बाइबल

10 यो सही हो, तिमीहरूले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरूलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरूलाई साहरा दिनु हुनेछ अनि तिमीहरूलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 सबै अनुग्रहका परमेश्‍वरले ख्रीष्‍टमा आफ्‍नो अनन्‍त महिमाको निम्‍ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्‍थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अलिबेर दु:ख उठाएपछि सबै अनुग्रहले पूर्ण परमेश्‍वरले ख्रीष्‍ट येशूमा तिमीहरूलाई अनन्‍त महिमा बाँड्‍न बोलाउनुहुन्‍छ र उहाँले नै तिमीहरूलाई सिद्ध पार्नुहुन्‍छ र शक्ति दिएर दरिलो बनाई पक्‍का जगमा राख्‍नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 सबै अनुग्रहका परमेश्‍वर, जसले तिमीहरूलाई ख्रीष्‍टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ।

Viz kapitola kopírovat




१ पत्रुस 5:10

Následuj nás:

Reklamy


Reklamy