१ पत्रुस 2:5 - पवित्र बाइबल5 तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दैजाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरू पनि जिउँदा ढुङ्गाहरू भएर आओ र आत्मिक मन्दिर बनाउन आफैंलाई सुम्पिदेओ। त्यहाँ तिमीहरू येशू ख्रीष्टको नाताले गर्दा परमेश्वरलाई मनपर्दो आत्मिक बलिदान चढाउने पवित्र पूजाहारीको काम गर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिकी घर बन्दैजाओ। Viz kapitola |