१ पत्रुस 1:12 - पवित्र बाइबल12 यो तिनीहरूलाई देखाइयो कि जुन सेवा तिनीहरूले गरे तिनीहरू स्वयंका निम्ति होइन। ती अगमवक्ताहरूले तिमीहरूको सेवा गरिरहेका थिए जब तिनीहरूले यो कुराको विषयमा भने जो अहिले तिमीहरूले सुन्यौ। तिनीहरू जसले तिमीहरूलाई सुसमाचार प्रचार गरे तिमीहरूलाई ती कुराहरू भने। तिनीहरूले तिमीहरूलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरू ती कुराहरू हुन जुन स्वर्गदूतहरू पनि जान्न उत्सुक छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 पवित्र आत्माको शक्तिमा अहिले सुसमाचार सुनाउनेहरूले बताएको कुरा स्वर्गबाट पठाइएका अगमवक्ताहरूले बताएका थिए। त्यस बेला अगमवक्ताहरूले गरेको यो सेवा तिनीहरूको फाइदाको लागि होइन तर तिमीहरूको लागि हो भनेर परमेश्वरले ती अगमवक्ताहरूलाई देखाउनुभएको थियो। यी कुरा स्वर्गदूतहरू पनि बुझ्न चाहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उनीहरूले आफ्नो होइन, तर तिमीहरूको सेवा गरेको कुरा तिनीहरूलाई प्रकट गराए, जतिखेर तिनीहरूले स्वर्गबाट पठाइनुभएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूले अहिले तिमीहरूलाई भनेका कुराहरूबारे बताएका थिए। स्वर्गदूतहरूले पनि यी कुराहरू उत्सुकताका साथ हेर्न चाहेका थिए। Viz kapitola |