१ राजा 6:7 - पवित्र बाइबल7 कर्मीहरूले भित्ता बनाउनमा विशाल ढुङ्गाहरू प्रयोग गरे। कर्मीहरूले ढुङ्गा त्यस ठाउँमा काटे जहाँ जमीनबाट तिनीहरूलाई बाहिर निकालिइएको थियो। यस कारण मन्दिरमा मार्तल, बञ्चरो अथवा अरू कुनै फलामको हात हतियारको हल्ला थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मन्दिर बनाउँदा ढुङ्गाको खानिमै तयार गरिएका टुक्राहरू मात्र प्रयोग गरिए। घन वा छिनु वा कुनै किसिमका फलामका औजारको आवाज पनि मन्दिर निर्माण गर्ने ठाउँमा सुनिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मन्दिर बनाउँदा मार्तोल वा घन, बञ्चरो वा अरू कुनै फलामका हातहतियार चलाएको आवाज नसुनिओस् भनेर मन्दिर बनाउनलाई लगाइएका ढुङ्गाहरू ढुङ्गा खानिमा तयार गरिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मन्दिर बनाउँदा खानीमा कुँदिएका ठूला ढुङ्गाहरू प्रयोग गरिए। मन्दिर बनिँदै गर्दा त्यस ठाउँमा कुनै घन, छिनो अथवा कुनै फलामको औजारको आवाज सुनिएन। Viz kapitola |