१ राजा 5:8 - पवित्र बाइबल8 तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। सन्देशमा भनिएको थियो: “तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उनले सोलोमनलाई यो समाचार पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। देवदारु र सल्लाका काठको विषयमा तपाईंले माग्नुभएबमोजिम म सबै जुटाइदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब हीरामले सोलोमनलाई यो खबर पठाए, “मैले तपाईंको खबर पाएँ र तपाईंले भनेअनुसार गर्न म तयार छु। देवदारु र सल्लाका रूखका काठहरू म पठाइदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण हीरामले सोलोमनकहाँ यो खबर पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। अनि देवदारु र सल्लाका काठ दिने विषयमा म तपाईंले भन्नुभएझैँ सबै कुरा गर्नेछु। Viz kapitola |