१ राजा 5:6 - पवित्र बाइबल6 यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू र लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “यसकारण मेरो निम्ति लेबनानबाट देवदारुका रूख काट्ने हुकुम दिनुहोस्। मेरा मानिसहरूले तपाईंका मानिसहरूसँग मिलेर काम गर्नेछन्, र तपाईंले जे ज्याला तोक्नुहुन्छ म तपाईंका मानिसहरूलाई दिनेछु। तपाईं जान्नुहुन्छ, सीदोनीहरूजस्तै रूखहरू ढाल्ने सिपालु हाम्रा कुनै मानिस छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण मेरो निम्ति देवदारु काट्नलाई तपाईंका मानिसहरूलाई लेबनान पठाइदिनुहोस्। मेरा मानिसहरूले तिनीहरूसित काम गर्नेछन्। तपाईंका मानिसहरूलाई तपाईंले तोकिदिएअनुसार ज्याला दिनेछु। मेरा मानिसहरूले तपाईंका मानिसहरूले जस्तो रूख काट्न जान्दैनन् भनी तपाईं राम्ररी जान्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “यसकारण मेरा लागि लेबनानका देवदारुको काठ काट्नको निम्ति हुकुम गर्नुहोस्। मेरा मानिसहरूले तपाईंसित काम गर्नेछन्। अनि म तपाईंका मानिसहरूलाई तपाईंले तोक्नुभएको ज्याला दिनेछु। सीदोनीहरूजस्ता रूख ढाल्ने सिपालु मानिस हामीसित छैनन् भनी तपाईंलाई थाहै छ।” Viz kapitola |