१ राजा 5:3 - पवित्र बाइबल3 “तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “तपाईंलाई थाहा छ कि मेरा पिता दाऊदको विरुद्धमा चारैतिरबाट लड़ाइँहरू भएकाले, परमप्रभुले उहाँका शत्रुहरूलाई खुट्टामुनि नपारुञ्जेल परमप्रभु उहाँका परमेश्वरका नाउँको निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “आफ्ना चारैतिरका शत्रु-देशहरूसित मेरा पिता दाऊदले लगातार लडाइँ गर्नुपरेको थियो। उहाँलाई आफ्ना सबै शत्रुहरूमाथि परमप्रभुले विजय नदिउञ्जेलसम्म परमेश्वर परमप्रभुको आराधना गर्न उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईं जान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “मेरा पिता दावीदको विरुद्धमा चारैतिरबाट युद्ध भएको कारण, याहवेह आफ्ना परमेश्वरको नामका निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन भन्ने कुरा त तपाईंलाई थाहै छ। किनकि याहवेहले उहाँका शत्रुहरूलाई आफ्नो अधीनमा नपारेसम्म उहाँले त्यो बनाउन सक्नुभएन। Viz kapitola |