१ राजा 3:28 - पवित्र बाइबल28 इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धेरै नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जब राजाले दिएको फैसला सारा इस्राएलले सुने, तब राजाप्रति भयको भावना उत्पन्न भयो, किनभने न्याय गरिदिनलाई तिनीसँग परमेश्वरबाटको बुद्धि रहेछ भनी तिनीहरूले देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 सोलोमनको यो फैसला सुनेर इस्राएलका मानिसहरूका हृदय आफ्ना राजाप्रति गहिरो श्रद्धाले भरिए। तब न्यायपूर्ण तरिकाले मुद्दा छिन्ने बुद्धि राजालाई परमेश्वरले दिनुभएको भनी तिनीहरूले जाने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब सारा इस्राएलले राजाले गरेको यस्तो फैसला सुने, तब तिनीहरूको हृदयमा राजाप्रति श्रद्धाको भावना जाग्यो। किनकि तिनमा न्याय गर्नका लागि परमेश्वरको बुद्धि रहेछ भनी तिनीहरूले देखे। Viz kapitola |