१ राजा 3:22 - पवित्र बाइबल22 तर अर्की स्त्रीले भनी, “होइन! जिउँदो नानी मेरो हो। मृत नानी तेरो हो!” तर पहिलो स्त्रीले भनी, “होइन, तँ गलत छेस्! मृत नानी तेरो हो अनि जिउँदो नानी मेरो हो!” यस प्रकार दुइ जना स्त्री राजा सामु तर्क गर्न लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यो अर्की आइमाईले भनी, “होइन, जिउँदोचाहिँ मेरै छोरो हो, तेरो चाहिँ मरेको हो।” तर पहिलीले जिद्दी गरेर भनी, “होइन, मरेको चाहिँ तेरो हो, जिउँदो मेरो हो।” यसरी तिनीहरू राजाको सामुन्ने बहस गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अर्की आइमाईले भनी, “होइन, जिउँदो बालक मेरो हो, मरेको बालक तेरो हो।” पहिली आइमाईले भनी, “होइन, होइन! मरेको बालक तेरो हो, जिउँदो बालक मेरो हो।” यसरी राजाको अघि ती दुई झगडा गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब अर्की स्त्रीले भनी, “होइन, त्यो जिउँदोचाहिँ मेरो हो, मरेकोचाहिँ तेरो हो।” तर पहिलेकीले ढिपी गरी, “होइन, मरेकोचाहिँ तेरो छोरा हो; अनि जिउँदोचाहिँ मेरो छोरा हो।” अनि यसरी ती दुईले राजाको सामु बहस गरे। Viz kapitola |