१ राजा 3:21 - पवित्र बाइबल21 बिहान म ब्यूँझिएँ अनि मेरो नानीलाई दूध खुवाउन लागें। तर मेरो नानी मरेको थियो। तब मैले त्यसलाई राम्ररी नियालेर हरें। मैले देखें, त्यो मेरो नानी थिएन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 भोलिपल्ट बिहानै छोरालाई दूध खुवाउन उठ्दा त मैले मेरो छोरालाई मरेको भेट्टाएँ। तर मैले त्यसलाई बिहानको उज्यालोमा राम्ररी हेर्दा त त्यो मैले जन्माएको मेरो छोरो होइन रहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 भोलिपल्ट बिहान उठेर आफ्नो बालकलाई दूध खुवाऊँ भनेको त बालक मरिसकेको पो रहेछ। राम्ररी हेरेको त मरेको छोरा मेरो होइन रहेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 भोलिपल्ट बिहानै जब म आफ्नो छोरालाई दूध खुवाउन उठेँ, तब मैले त्यसलाई मरेको भेट्टाएँ! तर जब मैले त्यसलाई बिहान उज्यालोमा नियालेर हेरेँ, तब त्यो त मैले जन्माएको मेरो छोरो होइन रहेछ!” Viz kapitola |