१ राजा 3:15 - पवित्र बाइबल15 सुलेमान बिउँझे। उनलाई थाहा भयो सपनामा परमेश्वरले उनीसँग कुराकानी गर्नुभएको। तब सुलेमान यरूशलेम गए अनि परमप्रभुको करारको सन्दूकसामु उभिए। उनले परमप्रभुलाई होमबलि चढाए अनि मेलबलि दिए। त्यसपछि उनले शासन गर्नमा सघाउने सबै प्रमुख व्यक्ति अनि अधिकारीहरूलाई भोज दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब सोलोमन ब्यूँझे, र यो त सपना रहेछ भनी तिनले थाहा पाए। त्यसपछि तिनी यरूशलेममा फर्के, र परमप्रभुका करारको सन्दूकको सामु खड़ा भए, र होमबलि र मेलबलि चढ़ाए। तब तिनले आफ्ना सबै भारदारहरूलाई भोज दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सोलोमन ब्यूँझे। परमेश्वरले मसित सपनामा कुरा गर्नुभएको रहेछ भनी उनले थाहा पाए। तब उनी यरूशलेममा गए र परमप्रभुको करारको सन्दुकअघि खडा भएर परमप्रभुलाई होमबलि र मेलबलिहरू चढाए। त्यसपछि उनले आफ्ना भारदारहरूलाई भोज दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब सोलोमन बिउँझेँ; अनि यो त सपना रहेछ भनी थाहा पाए। तिनी यरूशलेममा फर्के, र प्रभुको करारको सन्दुकको सामु खडा भए। अनि होमबलि र मेलबलि चढाए। त्यसपछि तिनले आफ्ना सबै भारदारहरूलाई भोज खुवाए। Viz kapitola |