१ राजा 3:1 - पवित्र बाइबल1 सुलेमानले मिश्रका राजा फिरऊनकी छोरीसँग विवाह गरेर उनीसँग सन्धि गरे। सुलेमानले उनलाई दाऊद शहरमा ल्याए। यस समयमा सुलेमान आफ्नो महल र परमप्रभुको मन्दिरको निर्माण गर्दै थिए। सुलेमान यरूशलेमको वरिपरि पर्खाल पनि बनाइरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सोलोमनले मिश्रदेशका राजा फारोसँग मित्रताको सम्बन्ध बाँधे, र उनकी छोरीसँग विवाह गरे। आफ्नो महल, परमप्रभुको मन्दिर र यरूशलेमको चारैपट्टि पर्खाल बनाई नसकुञ्जेल सोलोमन राजाले तिनलाई दाऊदको सहरमा ल्याएर राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मिश्रका राजाकी छोरीलाई विवाह गरेर सोलोमनले त्यस देशसित मिलाप गरे। उनले आफ्नी दुलहीलाई आफ्ना राजमहल, परमेश्वरको मन्दिर र यरूशलेम सहरका चारैपट्टि पर्खाल बनाइनसकुञ्जेलसम्म दाऊदका सहरमा बास गर्न लिएर आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सोलोमनले इजिप्टका राजा फारोसित मित्रता बाँधे र तिनकी छोरीलाई विवाह गरे। तिनले आफ्नो महल, याहवेहको भवन र यरूशलेमका चारैतिरका पर्खाल बनाई नसकेसम्म तिनलाई दावीदको सहरमा नै राखे। Viz kapitola |