१ राजा 22:12 - पवित्र बाइबल12 सबै अरू अगमवक्ताहरू सिदकियाले भनेको कुरासित सहमत भए। अगमवक्ताहरूले भने, “गिलादको रामोतमा जाऊ र लडाईँमा विजयी होऊ। अहिले प्रस्थान गर्नु पर्छ। तिनीहरूले रामोतमा अरामका सेनाको विरोधमा लडाईं गर्नुपर्छ। तिमीले लडाईं जित्ने छौ। परमप्रभुले राजालाई विजयी गराउनुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अरू सबै अगमवक्ताहरूले त्यस्तै अगमवाणी कहिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि चढ़ाइ गरेर विजयी हुनुहोस्। किनकि परमप्रभुले त्यो राजाको हातमा सुम्पिदिनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरू सबैले भने, “रामोतमाथि हमला गर्नुहोस्। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्; किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” Viz kapitola |