१ राजा 22:10 - पवित्र बाइबल10 त्यस समयमा इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोषाकमा त्यहाँ थिए। तिनीहरू सिंहासनहरूमा बसिरहेका थिए। यो सामरियाको प्रवेशद्वारको छेऊ न्याय-आसनमा थियो। सबै अगमवक्ताहरू तिनीहरूको सामु उभिएका थिए अनि अगमवाणी गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खला नजिक आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ती दुई राजाहरू आफ्ना राजकीय पोशाक पहिरेर सामरियाको मूल-ढोकाबाहिर अन्न दाइँ गर्ने ठाउँनिर आफ्ना सिंहासनमा बसेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामुन्ने अगमवाणी भन्दै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए। Viz kapitola |