१ राजा 21:8 - पवित्र बाइबल8 तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब ईजेबेलले आहाबको नाउँमा चिट्ठीहरू लेखिन्, त्यसमा राजाको मोहोर लगाइन्, र नाबोतको सहरमा तिनीसँग बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसपछि तिनले केही चिठीहरू लेखेर आहाबका नाममा सही गरिन्, उनकै सिल-मोहोर लगाइन् र यिजरेलका मुख्य-मुख्य मानिस र अधिकृतहरूकहाँ पठाइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण उनले आहाबको नाममा चिट्ठीहरू लेखिन्, र त्यसमा मोहर लगाइन्; अनि ती चिट्ठीहरू नाबोतको सहरमा तिनीसित बस्ने प्रधानहरू र भारदारहरूकहाँ पठाइन्। Viz kapitola |