१ राजा 21:19 - पवित्र बाइबल19 आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: के तैंले एक जना मानिसको हत्या गरेर त्यसको सम्पत्ति कब्जा गरेको छैनस् र?’ तब त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: नाबोतको रगत कुकुरहरूले चाटेकै ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्नेछन्— हो, तेरै रगत’!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 म परमप्रभु त्यसलाई यसो भन्दै छु भनी सुनाइदे ‘नाबोतको हत्या गरेर अब त्यसको जमिन पनि लिन खोज्दै छस्? नाबोतको रगत जुन-जुन ठाउँमा कुकुरहरूले चाटेका छन्, त्यस-त्यस ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसलाई भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: के तँलाई नाबोतको हत्या गरेर पुगेन र त्यसको सम्पत्ति पनि खोसिस्?’ त्यसपछि त्यसलाई भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: जहाँ कुकुरहरूले नाबोतको रगत चाटेका थिए, त्यही ठाउँमा तेरो पनि रगत कुकुरहरूले चाट्नेछन्!’ ” Viz kapitola |