Online Bible

- Reklamy -




१ राजा 2:42 - पवित्र बाइबल

42 यस कारण सुलेमानले उनलाई बोलाए। सुलेमानले भने, “मैले परमेश्वरको नाउँमा तँ सित शपथ गराएको यदि तैंले यरूशलेम छाडिस भने तँ मर्ने छस्। मैले चेताउनी दिएको थिएँ, यदि तँ कत्तै गइस् भने तँ मारिने छस् अनि त्यो तेरो आफ्नै दोष हुनेछ जे भनेको थिंए त्यसमा तँ समहत भइस् तैंले भनिस् तैंले मेरो आज्ञा पालन गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 तब तिनले शिमीलाई बोलाइपठाए, र भने, “के मैले तिमीलाई परमप्रभुको नाउँमा शपथ खान लगाई यसो भनेर चेताउनी दिएको थिइनँ: ‘जुन दिन अन्‍त कहीँ जानलाई यो ठाउँ छोड़्यौ भने तिमी निश्‍चय नै मर्नेछौ’? त्‍यस बेला तिमीले मलाई भन्‍यौ, ‘हजूरले जे भन्‍नुभयो त्‍यो असलै छ। म हजूरको हुकुम पालन गर्नेछु’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 सोलोमनले तिनलाई बोलाएर भने, “यरूशलेम नछोड्न मैले तिमीलाई परमप्रभुको नाउँमा प्रतिज्ञा गर्न लाएथें र मैले यस्‍तो चेतावनी पनि दिएथें कि यरूशलेम छोडी गयौ भने तिमी निश्‍चय मारिनेछौ। के तिमी त्‍यस कुरामा राजी भएका होइनौ र? मेरा कुरा मान्‍छु भनी भनेका होइनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तब राजाले शिमीलाई बोलाउन पठाए, र तिनलाई भने, “के मैले तिमीलाई याहवेहको नाममा शपथ खान लगाएर ‘तिमी आफ्नो ठाउँ छोडेर अरू ठाउँमा गएको दिन निश्‍चय नै मर्नेछौ’ भनेर चेतावनी दिएको थिइनँ? त्यस बेला तिमीले ‘तपाईंले भन्‍नुभएको कुरा असल हो। म यसलाई पालन गर्नेछु’ भनेर मलाई भन्यौ।

Viz kapitola kopírovat




१ राजा 2:42

Následuj nás:

Reklamy


Reklamy