१ राजा 2:28 - पवित्र बाइबल28 योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जब यो समाचार योआबकहाँ पुग्यो, जसले अब्शालोमसँग होइन, तर अदोनियाहसँग षड्यन्त्र रचेको थियो, तब उनी परमप्रभुको पालमा भागेर गए, र वेदीका सीङहरू समातेर बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यसको खबर योआबले पाए। (उनले अदोनियाहको पक्ष लिएका थिए तर अब्शालोमको चाहिँ होइन) यसकारण उनी भागेर परमप्रभुको पवित्र पालमा गए र वेदीका दुई कुनाका चोसाहरू समातेर उभिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब यो खबर योआबकहाँ पुग्यो, जसले पहिले अब्शालोमसित त होइन, तर अदोनियाहसित मिलेर षड्यन्त्र गरेका थिए। तब योआब याहवेहको पालमा भागेर गए; अनि वेदीका सिङहरू समाते। Viz kapitola |