Online Bible

- Reklamy -




१ राजा 2:26 - पवित्र बाइबल

26 तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मार्नु पर्थ्यो, तर म तँलाई आफ्नो घर अनातोत फर्किने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन् किनभने तैंले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 अबियाथार पूजाहारीलाई राजाले भने, “अनातोतमा तिम्रो आफ्‍नै जग्‍गाजमिनमा जाऊ। तिमी त मारिन योग्‍यका छौ, तर म अहिले तिमीलाई मार्नेछैनँ, किनभने तिमीले मेरा पिता दाऊदको सामुन्‍ने परमप्रभुको सन्‍दूक बोक्‍ने गर्थ्‍यौ, र उहाँले सहनुभएका सबै दु:खमा तिमी सहभागी भएका थियौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसपछि सोलोमन राजाले अबियाथार पूजाहारीलाई भने, “आफ्‍नो गाउँ अनातोतको घरमा जाऊ। तिमी मारिनु उचित छ तर म अहिले तिम्रो प्राण लिनेछैनँ किनभने मेरा पिता दाऊदसित छँदा तिमीले परमप्रभुको करारको सन्‍दुकको जिम्‍मावारी लिएका थियौ र उनका सबै दु:ख-कष्‍टमा भाग लिएका थियौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब पुजारी अबीयाथारलाई राजाले भने, “तपाईं आफ्नो खेत अनातोतमा फर्केर जानुहोस्। तपाईं मारिने योग्यका हुनुहुन्छ; तर म अहिले तपाईंलाई मार्दिनँ। किनकि तपाईंले मेरा पिता दावीदको सामु सर्वशक्तिमान् याहवेहको सन्दुक बोक्नुभएको थियो। मेरा पिताका सबै सङ्कष्‍टमा साथ दिनुभएको थियो।”

Viz kapitola kopírovat




१ राजा 2:26

Následuj nás:

Reklamy


Reklamy