१ राजा 1:9 - पवित्र बाइबल9 एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेंडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब अदोनियाहले एन-रोगेलनेरको जोहेलेत भन्ने ढुङ्गामा भेड़ाहरू, गाई-गोरुहरू र पोसिएका बाछाहरू बलिदान चढ़ाए। उनले आफ्ना सबै राजकुमार भाइहरू र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्तो दिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 एक दिन अदोनियाहले एन-रोगेलनिरको खोल्सोछेउको जोहेलेत भन्ने चट्टानमा भेडा, साँढे र घरमा पालेका मोटा-मोटा बाछाहरूको बलि चढाए। तिनले दाऊद राजाका अन्य छोराहरू र यहूदाबाट आएका तिनका अधिकृतहरूलाई त्यस बलिको भोजमा निम्त्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब अदोनियाहले एन-रोगेलको छेउमा भएको जोहेलेतको ढुङ्गामा भेडा, गाईबस्तु र पोसिएका बाछाहरू बलिदान गरे। तिनले राजाका छोराहरू, अर्थात् आफ्ना सबै दाजुभाइहरूलाई र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्त्याए। Viz kapitola |