Online Bible

- Reklamy -




१ राजा 1:45 - पवित्र बाइबल

45 तब पूजाहारी सादोक अनि अगमवक्ता नातानले गीहोन स्रोतमा सुलेमानलाई अभिषेक गरे। अनि तिनीहरू शहरमा गए। जन साधारणले उनको स्वागत गरे अनि अहिले शहरका जनता औधी प्रसन्न छन्। तपाईंले सुनेको हल्ला त्यही नै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 अनि सादोक पूजाहारी र नातान अगमवक्ताले तिनलाई गीहोनमा राजा अभिषेक गरेका छन्‌। त्‍यहाँबाट तिनीहरूले तिनलाई अहिले धूमधामसाथ आनन्‍द मनाउँदै माथि पुर्‍याएका छन्, र सहरमा हल्‍ला भइरहेछ। त्‍यही आवाज तपाईंहरूले सुन्‍नुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 अनि सादोक र नातानले तिनलाई गीहोनको खोलामा राजा अभिषेक गरे। त्‍यसपछि तिनीहरू आनन्‍दले कराउँदै सहरमा फर्के र अहिले मानिसहरू ठूलो सोरले कराउँदै छन्। त्‍यही सोर अहिले तपाईंहरूले सुन्‍नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 पुजारी सादोक र अगमवक्ता नातानले तिनलाई गीहोनमा राजा अभिषेक गरेका छन्। त्यहाँबाट तिनीहरू आनन्द मनाउँदै उकालो गएका छन्; र सहर पनि त्यससितै गुञ्जायमान भएको छ। तपाईंले सुन्‍नुभएको हल्‍ला यही हो।

Viz kapitola kopírovat




१ राजा 1:45

Následuj nás:

Reklamy


Reklamy