१ राजा 1:38 - पवित्र बाइबल38 यसकारण सादोक, नातान, बनायाह अनि राजाका अधिकारीहरूले राजा दाऊदको आज्ञा पालन गरे। तिनीहरूले सुलेमानलाई राजा दाऊदको खच्चडमा सवार गराए अनि ऊसँग गीहेन स्रोत गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तब सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरू तल झरेर सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराए, र तिनलाई गीहोनसम्म साथ दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 त्यसपछि सादोक, नातान, बनायाह र राजाका अङ्गरक्षकहरूले सोलोमनलाई दाऊद राजाको खच्चरमा चढाए र गीहोनको खोलामा पुर्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 यसकारण पुजारी सादोक, अगमवक्ता नातान यहोयादाका छोरा बनायाह, करेतीहरू र पेलेथीहरू तल झरे। तब सोलोमनलाई राजा दावीदको खच्चरमाथि चढाएर तिनलाई गीहोनसम्म सुरक्षापूर्वक लगे। Viz kapitola |