१ राजा 1:25 - पवित्र बाइबल25 किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेंडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उनले आज तल गएर धेरै गाई-गोरु र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएका छन्। उनले सबै राजकुमारहरू, सेनापतिहरू र अबियाथार पूजाहारीलाई भोजमा निम्तो दिएका छन्। अनि अहिले यसै बेला उनीहरू उनीसँगै खाँदै, पिउँदै र यसो भनिरहेका छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनले धेरै साँढे, भेडा र मोटा-मोटा बाछाहरू बलि चढाएका छन्। तिनले सबै राजकुमारहरू, हजुरका सेनापति योआब र अबियाथार पूजाहारीलाई निम्त्याए र अहिले तिनीहरू अदोनियाहसित भोजमा बसेका छन् र अदोनियाह राजा दीर्घायु होऊन्! भनी कराइरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 आज तल गएर तिनले धेरै संख्यामा पशुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान गरेका छन्। तिनले राजाका सबै छोराहरू, फौजका सेनापतिहरू र पुजारी अबीयाथारलाई पनि निम्त्याएका छन्। ठिक यसै बेला तिनीहरू उनीसित खाँदै, पिउँदै यसो भनिरहेका छन्, ‘राजा अदोनियाह अमर रहून्!’ Viz kapitola |