१ यूहन्ना 5:10 - पवित्र बाइबल10 मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफैं साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झूटा तुल्याएको हुन्छ। किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसो हुँदा परमेश्वरको पुत्रमाथि विश्वास गर्नेको आफ्नै हृदयभित्र यही साक्षी हुन्छ। तर परमेश्वरमा विश्वास नगर्नेचाहिँ परमेश्वरको साक्षीलाई नै झूटो सम्झन्छ किनभने पुत्रको बारेमा परमेश्वरले दिनुभएको साक्षीलाई नै पत्याउँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हरेक व्यक्ति जसले परमेश्वरका पुत्रमाथि विश्वास गर्दछ, त्यसले यो साक्षी स्वीकार गर्छ। जसले परमेश्वरमा विश्वास गर्दैन, त्यसले उहाँलाई झूटो तुल्याउँछ; किनकि परमेश्वरले उहाँको पुत्रको विषयमा दिनुभएको साक्षीलाई त्यसले विश्वास गरेको हुँदैन। Viz kapitola |