Online Bible

- Reklamy -




१ कोरिन्थी 9:12 - पवित्र बाइबल

12 जब तिमीहरूबाट सहायता पाउन अरूले अधिकार प्रयोग गर्छन् भने के हामी त्यो भन्दा अधिक अधिकार खोज्न सक्तैनौ? तर हामी अधिकार माग्दैनौं। हामी सबै चीज सहन गर्छौ ताकि ख्रीष्टको सुसमाचार पालन गर्न कोही पनि विरोधी नहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन्‌ भने के हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्‍टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यदि अरूले तिमीहरूबाट केही पाउँदा हुन्‍छ भने हामीले झन् पाउनुपर्ने हो। तर हामीले यो हक चलाएनौं। ख्रीष्‍टको सुसमाचार सुनाउन कुनै बाधा नपरोस् भनेर नै हामीले सबै कुरा सहेर बस्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यदि तिमीहरूबाट अरूले भौतिक सहयोग पाउने अधिकार छ भने के हामीलाई तिमीहरूबाट त्योभन्दा बढी भौतिक सहयोग पाउने अधिकार छैन र? तरै पनि हामीले यस अधिकारको प्रयोग गरेका छैनौँ। बरु ख्रीष्‍टको सुसमाचार प्रचारमा बाधा नपुगोस् भनेर हामीले सबै कुरा सहेका छौँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 9:12

Následuj nás:

Reklamy


Reklamy