१ कोरिन्थी 7:34 - पवित्र बाइबल34 उसको ध्यान दुइवटा लक्ष्य तिर छुटिन्छ। एउटी अविवाहित स्त्री अथवा एउटी कन्या प्रभुको सम्बन्धमा व्यस्त रहन्छे। ऊ आफ्नो सम्पूर्ण शरीर र आत्मा प्रभुलाई अर्पण गर्न चाहन्छे। तर विवाहित स्त्री सांसारिक कुराहरूमै सम्बन्धित रहन्छे। उसको प्राथमिक कर्त्तव्य आफ्नो पतिलाई खुशी पार्नु रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 यस्तो मानिसको मन दुईपट्टि लागेको हुन्छ। विवाह नभएकी स्त्रीले शरीर र आत्मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 अनि उसको मन दुईतिर बाँडिएको हुन्छ। त्यसैगरी बिहे नगरेकी केटीले शरीर, आत्मा प्रभुकै होस् भनेर प्रभुको काममा ध्यान दिन्छे, तर बिहे गर्ने स्त्रीले कसरी लोग्नेलाई खुसी पारूँ भनी संसारका कुरामा ध्यान दिन्छे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 अनि उसका रुचिहरू विभाजित हुन्छन्। अविवाहित स्त्री अथवा कन्याले परमेश्वरको कामबारे रुचि राख्छे: उसको उद्देश्य शरीर र आत्मा दुवैबाट प्रभुमा पवित्र रहने हुन्छ। तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न राखूँ भनी संसारकै कुराहरूको रुचि राख्छे। Viz kapitola |