१ कोरिन्थी 5:10 - पवित्र बाइबल10 तर यस संसारका पापीहरूको सँगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसको अर्थ, यस संसारका व्यभिचारीहरू, लोभीहरू, वा लुटाहाहरू, वा मूर्तिपूजकहरूसँग बिलकुलै सङ्गत नगर्नू भनेको होइन, नत्रता तिमीहरू संसारबाट नै निस्किजानुपर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अरू संसारका व्यभिचार गर्ने, लोभ गर्ने, चोर्ने र मूर्ति पुज्नेहरूको बारेमा भनेको होइन। उनीहरूबाट अलग रहनु हो भने त तिमीहरू संसारबाटै बाहिर निक्लनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर त्यसको अर्थ यस संसारका अनैतिक व्यक्तिहरू, लोभीहरू र ठगहरू अथवा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेको चाहिँ होइन। त्यसो भए त तिमीहरूले यो संसारै छोडेर जानुपर्ने हुन्छ। Viz kapitola |