१ कोरिन्थी 4:5 - पवित्र बाइबल5 यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउञ्जेल पर्ख। उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसैकारण तिमीहरूले ठीक समयभन्दा अघि नै कसैलाई दोष नलाऊ। आखिरी न्याय प्रभु आउनुभएपछि नै हुनेछ। प्रभुले नै अन्धकारमा लुकेका सबै कुरा उज्यालोमा ल्याउनुहुनेछ र मान्छेका मनका कुराहरू देखाइदिनुहुनेछ। त्यस बेला सबै मानिसले पाउनुपर्ने स्याबासी परमेश्वरबाट पाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण तोकिएको समयभन्दा पहिले न्याय नगर, प्रभु नआउन्जेल पर्ख। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यस समय हरेकले प्रभुबाट प्रशंसा पाउनेछन्। Viz kapitola |