१ कोरिन्थी 14:9 - पवित्र बाइबल9 तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरूको जिब्रोबाट शब्द प्रष्ट हुनुपर्छ। यदि तिमीले प्रष्टसित बोल्न सकेनौ भने तिमीले के भन्दैछौ कसैले बुझ्न सक्दैन। त्यो खाली तिमी हावासित बोलेको जस्तो मात्र हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरूसँग पनि यस्तै हुन्छ। यदि बुझ्नै नसकिने शब्द तिमीहरू आफ्नो जिब्रोले बोल्दछौ भने तिमीहरूले के भनिरहेछौ कसले बुझ्ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसै गरी तिमीले बोलेको भाषा बुझेन भने के भनेको, कसरी जान्ने? तिमीले बोलेको हावा बराबर हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। यदि तिमीहरूले अज्ञात भाषामा बुझ्न नसकिने शब्दहरूमा बोल्यौ भने तिमीहरूले के भनिरहेका छौ अरूले कसरी बुझ्ने? यसो गर्दा तिमीहरूले त हावामा बोलिरहेझैँ हुनेछौ। Viz kapitola |