१ कोरिन्थी 14:26 - पवित्र बाइबल26 यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोलाइ हुन्छ। यी सबै कुरा आत्मिक वृद्धिको निम्ति गरिऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 मेरा भाइहरू, मैले भन्न चाहेको यही हो, जब तिमीहरू सभामा जम्मा हुन्छौ, तब एउटासँग गीत हुन्छ, अर्कोसँग शिक्षाको वचन, अर्कोसँग परमेश्वरबाट प्रकाशको कुरा, अर्कोसँग अन्य भाषामा सन्देश र अर्कोसँग त्यसलाई अर्थ खोल्ने वरदान हुन्छ, यी सबै कुराले मण्डली वृद्दि हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब दाजुभाइ-दिदीबहिनीहरू हो, हामी के भनौँ त? जब तिमीहरू एकसाथ भेला हुन्छौ, कोहीसँग भजन अथवा कोहीसँग शिक्षा, कोहीसँग प्रकाश, कोहीसँग अज्ञात भाषा अथवा कोहीसँग यसको अर्थ खोलाइ हुन्छ। यी सबै कुराहरू मण्डलीको आत्मिक वृद्धिको लागि गरिऊन्। Viz kapitola |