१ कोरिन्थी 12:28 - पवित्र बाइबल28 अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्चर्य काम गर्नेहरू, र निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन गर्नेहरू, विभिन्न भाषा बोल्नेहरू नियुक्त गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 परमेश्वरले नै मण्डलीमा यसरी राखिदिनुभएको छ– पहिला प्रेरितहरू (प्रेरितहरू), दोस्रो अगमवक्ताहरू, तेस्रो सिकाउने गुरु अनि अचम्मका काम गर्नेहरू, त्यसपछि बिरामी निको पार्ने वरदान पाएकाहरू, अरूलाई सघाउनेहरू, देखरेख गर्नेहरू र विभिन्न भाषा बोल्ने वरदान पाएकाहरू राखिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 मण्डलीमा परमेश्वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि अचम्मका काम गर्नेहरू, र निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ। Viz kapitola |