१ कोरिन्थी 10:20 - पवित्र बाइबल20 तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यसो होइन, तर म यही भन्न लागिरहेछु, कि मूर्तिपूजकहरूले जो बलि चढ़ाउँछन्, त्यो परमेश्वरलाई होइन, तर भूतप्रेतलाई चढ़ाउँछन्, र तिमीहरू भूतप्रेतसँग सहभागी होओ भन्ने म चाहन्नँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मैले भन्न लागेको कुरा के हो भने अरू मानिसहरूले परमेश्वरलाई होइन, भूतलाई बलि चढाउँछन्। यसैले तिमीहरू पनि भूतसँग हेलमेल नगर भन्ने म चाहन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 होइन, तर गैरयहूदीहरूले चढाएका चीज परमेश्वरलाई होइन, भूतआत्माहरूलाई चढाएका हुन्छन्; र तिमीहरू ती भूतआत्माहरूसँग सहभागी होऔ भन्ने म चाहँदिनँ। Viz kapitola |