१ इतिहास 9:22 - पवित्र बाइबल22 जम्मा 212 जना मानिसहरू भेट हुने पालको द्वार रक्षा गर्नका निम्ति चुनिएका थिए। तिनीहरूका नाउँ तिनीहरूका वंशावलीको इतिहासमा तिनीहरूका गाउँ अनुसार लेखिएका थिए। दाऊद अनि दर्शी शमूएलले तिनीहरूलाई छाने किनभने तिनीहरू विश्वास योग्य थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 द्वारपालको काममा चुनिएकाहरूको संख्या २१२ थियो। तिनीहरूका आफ्ना गाउँ-गाउँ गरी वंशावलीको सूचीमा लेखिएका थिए। दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्नो विश्वासको काममा नियुक्ति गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पहरा दिने काम गर्ने जम्मा २१२ जना पुरुषहरू छानिएका थिए। तिनीहरू बसेको गाउँअनुसार तिनीहरूका नाम सूचीमा लेखिएका थिए। तिनीहरूका पुर्खालाई त्यस्ता जिम्मेवारीका काममा खटाउने दाऊद राजा र शमूएल अगमवक्ता थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 द्वारपाल हुन चुनिएकाहरूको जम्मा संख्या 212 थियो। तिनीहरूको गाउँअनुसार तिनीहरूको वंशावली दर्ता गरिएको थियो। दावीद र दर्शी शमूएलले ती द्वारपालहरूलाई नियुक्त गरेका थिए; किनभने तिनीहरू विश्वासयोग्य थिए। Viz kapitola |