१ इतिहास 7:23 - पवित्र बाइबल23 तब एप्रैमले आफ्नी पत्नीसित सहवास गरे। एप्रैमकी पत्नी गर्भवती भइन् अनि एक छोरा जन्माइन्। एप्रैमले त्यो छोराको नाउँ बरीआ राखे किनभने तिनका परिवार माथि केही नराम्रो घटना घटेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यसपछि तिनले आफ्नी पत्नीसित सहवास गरे। तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्। त्यसको नाउँ तिनले बरीआ राखे, किनभने तिनको परिवारमा विपत्ति आएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसपछि उनी फेरि आफ्नी स्वास्नीसित सुते र तिनले गर्भवती भएर एउटा छोरो जन्माइन्। आफ्ना परिवारमा परेको कष्टको कारणले बच्चाको नाम तिनीहरूले बरीआ राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसपछि एफ्राइमले आफ्नी पत्नीसँग फेरि सहवास गरे। तब तिनी गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; जसको नाम तिनले बेरियाह राखे; किनकि तिनको परिवारमा विपत्ति आएको थियो। Viz kapitola |