१ इतिहास 5:22 - पवित्र बाइबल22 धेरै हगारीहरू मारिए किनभने परमेश्वरले रूबेनीहरू, गादीहरू र मनश्शेको आधाकुल समूहरूलाई युद्ध जित्न सहायता गर्नुभएको थियो। तब मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरू हगारीहरूको भूमिमा बसे। तिनीहरू त्यहाँ त्यसबेला सम्म बसे जबसम्म इस्राएलका मानिसहरूलाई कैद गरिएका थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्वरतर्फबाट भएको थियो। तिनीहरू आफै कैदमा नलगिउञ्जेलसम्म तिनीहरूले त्यो देशमा बसोबास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनीहरूले धेरै शत्रुहरूलाई मारे किनभने परमेश्वरको इच्छाले त्यो लडाइँ भएको थियो। अनि अश्शूरीहरूले कैद गरेर नलगुञ्जेल तिनीहरू त्यस देशमा बसिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि अरू धेरैचाहिँ मारिए; किनकि त्यो लडाइँ परमेश्वरले नै हुन दिनुभएको थियो। निर्वासनमा नलगिएसम्म तिनीहरू त्यस देशमै बसोबास गरे। Viz kapitola |