१ इतिहास 4:17 - पवित्र बाइबल17-18 एज्राका छोराहरू येतेर, मेरेद, एपेर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मै अनि यिश्बहलाई जन्म दिए। यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पिता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 एज्रहका छोराहरू: येतेर, मेरेद, एपेर, यालोन। मेरेदले विवाह गरेका फारोकी छोरी बित्याहले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17-18 एज्रहका चार छोरा थिए– येतेर, मेरेद, एपेर र यालोन। मेरेदले मिश्रका राजाकी छोरी बित्याहलाई विवाह गरे। उनका एक छोरी मिरियम र दुई छोरा शम्मै र यिश्बह जन्मे। यिश्बहले एश्तमो सहर बसाले। मेरेदले यहूदा कुलबाट पनि एउटी स्त्रीलाई विवाह गरे र तिनीबाट तीन छोरा जन्मे– गदोर सहर बसाल्ने येरेद, सोखो सहर बसाल्ने हेबेर र जानोह सहर बसाल्ने यकूतीएल। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 एज्राहका छोराहरू: येतेर, मेरेद, एपेर र यालोन। मेरेदका पत्नीहरूमध्ये एक जनाले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्। Viz kapitola |