१ इतिहास 4:10 - पवित्र बाइबल10 याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनुहोस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, “बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस्! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्।” अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे, “परमेश्वर, मलाई आशिष् दिनुहोस् र धेरै इलाका दिनुहोस्। मसित रहनुहोस् र मलाई पिराउने खराबीबाट बचाउनुहोस्।” अनि परमेश्वरले उनको बिन्तीअनुसार उनलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याबेसले इस्राएलका परमेश्वरलाई पुकार गरे, “हे प्रभु, तपाईंले मलाई आशिष् दिएर मेरो इलाका बढाइदिनुहोस्! तपाईंको हात ममाथि रहोस्; अनि मलाई हानिबाट बचाउनुहोस्, ताकि म पीडाबाट मुक्त हुन सकूँ।” परमेश्वरले तिनको बिन्ती सुन्नुभयो। Viz kapitola |