१ इतिहास 29:21 - पवित्र बाइबल21 अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेंडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चल्ने अर्घ-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 भोलिपल्ट तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए, र उहाँलाई होमबलि गरी एक हजार साँढ़े, एक हजार भेड़ा, एक हजार थुमा, र तिनका साथसाथै तोकिएको अर्घ-बलिसित इस्राएलको निम्ति अरू प्रशस्त बलिदान चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 भोलिपल्ट परमप्रभुलाई अर्पण गर्दै बलिदान चढाएर तिनीहरूले पशु मारे र मानिसहरूलाई मासु खान दिए। त्यसमाथि तिनीहरूले एक हजार साँढे, एक हजार भेडा र एक हजार थुमा होमबलि चढाए र वेदीमाथि सिँगै जलाए। तिनीहरूले मद्यबलि पनि चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 भोलिपल्ट तिनीहरूले याहवेहलाई बलिदानहरू र अन्नबलि चढाए: सारा इस्राएलको तर्फबाट एक हजार गोरु, एक हजार भेडा, एक हजार थुमा र अर्घबलिको साथमा प्रशस्त मात्रामा अरू बलिदानहरू चढाए। Viz kapitola |